२२ बैशाख २०८१, शनिबार

त्रिवेणी बम काण्डपछि तात्याे जिल्ला सुरक्षा संयन्त्र, शंकास्पद वस्तु भेटिए सम्पर्क गर्न अपिल

प्रकाशित मिति :  3 May, 2020 3:59 pm


रोल्पा, २१ वैशाख ।

गत विहीबार रोल्पाको त्रिवेणी गाँउपालिकाको गैरीगाँउमा गोठाला गएका चार जना बालबालिकाको बम विष्फोटमा परेर निधन भएपछि जिल्लास्थित सुरक्षा संयन्त्र सक्रिय बनेको छ ।

जिल्ला प्रशासन कार्यालयले द्वन्द्व कालमा बेवारिसे अवस्थामा छाडिएका बम हुन सक्ने भन्दै शंकास्पद ठाँउहरुमा खोजी कार्य अगाडि बढाउने जनाएको छ । जिल्ला प्रशासन कार्यालय रोल्पाले आज विज्ञप्ति जारी गर्दै शंकास्पद वस्तु देखिएप खबर गर्न भनेको छ ।

विज्ञप्तिमा भनिएको छ,‘विष्फोटक पदार्थ आम रुपमा भेटिइ जोखिम बढेको यस परिपे्रक्षमा आम सर्वसाधारणले जुनसुकै स्थानमा त्यस्ता विष्फोटक पदार्थ भेटिएको वा जानकारी प्राप्त भएका जिल्ला स्थित प्रशासन तथा सुरक्षा निकायका व्यक्तिहरुलाई सम्पर्क गरि त्यस्ता विष्फोटक पदार्थ तथा शंकास्पद बस्तुलाई सहज व्यवस्थापन गर्न सहयोग गरिदिनुहुन अनुरोध छ ।’

प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, शसस्त्र प्रहरी प्रमुख र प्रमुख अनुसन्धान अधिकृतसमेतको फोन नम्बर सार्वजनिक गर्दै संकास्पद वस्तु भेटिएमा वा जानकारी प्राप्त भएमा फोन गर्न अपिल गरिएको हो ।

सर्वसाधारणको नाममा जारी गरिएको अपिलमा अभिभावक, शिक्षक, जनप्रतिनिधी तथा समाजका वुद्धजिवी भद्रभलाद्मीहरूले आ-आफ्नो तह र तप्काबाट बालबालिका, विद्यार्थी तथा सर्वसाधारणमा सूसुचित गराउन आव्हान गरिएको छ ।

रोल्पामा बम बिष्फोट र दुर्घटना पटक पटक दाहोरिएपछि जिल्ला प्रशासन कार्यालयलय यस्तो आग्रह गरेको हो ।

सम्बन्धित समाचार

रोल्पाको गैरीगाँउमा बम विष्फोट,४ बालबालिकाको मृत्यु

 

 



प्रतिक्रिया दिनुहोस !