२१ बैशाख २०८१, शुक्रबार

क्रिकेट संघलाई एनआरएनएको १० लाख सहयोग

प्रकाशित मिति :  20 January, 2024 4:19 pm


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल क्रिकेट संघ (क्यान) लाई १० लाख रूपैयाँ सहयोग गरेको छ। काठमाडौँमा आयोजित एक समारोहबिच एनआरएनएका अध्यक्ष डा. बद्री केसीसहित पदाधिकारीले टी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट खेलाडीहरूको सहयोगको लागि क्यानमार्फत् हौसलास्वरूप १० लाख रुपैयाँ प्रदान गरेका हुन्।

समारोहमा एनआरएनएले टी-२० विश्वकप-२०२४ क्रिकेट प्रतियोगितामा छनोट भएकोमा बधाई ज्ञापन गर्दै क्यानका पदाधिकारीलाई सम्मान पनि गरेको छ। क्यानका सचिव पारस खड्का, व्यवस्थापक एवं पूर्वकप्तान विनोद दास, कार्यकारी सदस्य सुदीप शर्मालगायत क्यान पदाधिकारी कार्यक्रममा उपस्थित थिए।

कार्यक्रममा क्यानका सचिव एवं पूर्वकप्तान पारस खड्काले नेपाली क्रिकेटमा गैरआवासीय नेपालीको साथको आवश्यकता रहेको बताए । नेपाल विश्वकपमा छनोट भइसकेपछि धेरैले क्यानसँग जोडिन खोजेको र यो कुरालाई एनआरएनले बलियो बनाइदिएको खड्काको भनाइ थियो।



प्रतिक्रिया दिनुहोस !