४ जेष्ठ २०८१, शुक्रबार

यु-१९ विश्वकपमा न्युजिल्यान्डसँग खेल्दै नेपाल

प्रकाशित मिति :  21 January, 2024 8:58 am


काठमाडौं । यू-१९ विश्वकपमा नेपालले आफ्नो पहिलो खेलमा आइतबार न्युजिल्यान्डसँग खेल्दै छ । नेपाली समयअनुसार १:४५ बजे सुरु हुने खेलमा जीत निकाल्दै नेपाल सुरुवात गर्न चाहान्छ ।

यु-१९ विश्वकपमा नेपालले ८ वर्षपछि न्युजिल्‍यान्डसँग खेल्न लागेको हो। यू-१९ विश्वकपमा नेपाल र न्युजिल्यान्डबीचको यो तेस्रो भेट हो। यसअघिका दुवै खेलमा नेपालले जित निकालेको थियो।

नेपाल र न्युजिल्यान्डबीच सन् २००६ को विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा भएको थियो।



प्रतिक्रिया दिनुहोस !