६ जेष्ठ २०८१, आइतबार

श्रीमानको रड प्रहारबाट श्रीमतीको मृत्यु

प्रकाशित मिति :  21 January, 2024 11:02 am


काठमाडौँ । दाङको तुलसीपुरमा श्रीमानले रड प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर ४ तल्लो हलवार निवासी ४२ वर्षीया लक्ष्मी चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरकाले जानकारी दिएको छ ।

शनिबार साझँ ४३ बर्षिय श्रीमान पेण्डुवा चौधरीले फलामको रड टाउकोमा प्रहार गर्दा ४२ वर्षीय लक्ष्मी चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए । घटना ६ बजेको भएपनि राति साढे ९ बजेमात्रै प्रहरीलाई जानकारी आएको उनले बताए ।

श्रीमतिको हत्या पछि चौधरीले रड प्रहार गर्दा स्थानीय मिना थापा र शिला चौधरी समेत घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

रड प्रहार गर्ने पेण्डुवा चौधरीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !