६ जेष्ठ २०८१, आइतबार

दाङमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

प्रकाशित मिति :  22 January, 2024 8:13 am


दाङ । बर्दियाबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३-०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९ रिहार नजिकै गएराति दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दाङको लमही नगरपालिका-९ स्थित रिहार प्रहरी चौकीबाट ४ किलोमिटर पश्चिमको जंगल क्षेत्रमा प्रदेश ३- ०१००५ ख ९७१९ नम्बरको रात्री बस आइतबार राति ११ बजे दुर्घटना हुँदा बर्दिया गेरुवा गाउँपालिका–१ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु भएको दाङका प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए।

मल्लका अनुसार सडकको भित्तामा बस ठोक्किदा दुई जनाको च्यापिए घटनास्थलमै मृत्यु भएको हो । बसमा ४७ जना सवार रहेको दुई जना घाइते भएको र अन्य यात्रु सकुशल रहेको उनले जानकारी दिए । चालक निदाएका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ।

शवलाई अहिले लमही अस्पतालमा राखिएको छ ।



प्रतिक्रिया दिनुहोस !