६ जेष्ठ २०८१, आइतबार

कटन क्याण्डीमा अखाद्य रंगको प्रयोग भएको पुष्टी, उपभोग नगर्न खाद्य प्रविधि विभागको अनुरोध

प्रकाशित मिति :  22 January, 2024 9:05 am


काठमाडौँ। बालबालिकालाई लक्षित गरेर काठमाडौँ लगायतको सडकपेटीमा विक्री भइरहेको कटन क्याण्डीमा अखाद्य रंग प्रयोग गरिएको पाइएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको प्रयोगशाला जाँच बाट मानव स्वास्थ्यमा अवसर गर्ने अखाद्य रंग प्रयोग गरेको पुष्टी भएको हो।

विभागले सार्वजनिक सूचना जारी गर्दै ‘खुला रुपमा विक्री वितरण भइरहेको रंगिन कटन क्याण्डी मानव स्वास्थ्यमा गम्भिर असर पुऱ्याउने अखाद्य रंग रोडा माइन विको प्रयोग भएकोु जनाएको छ।’

काठमाडौँ लगायत विभिन्न स्थानहरुका सडकपेटी, बजार, मेला लगायतका स्थानहरुमा यस्ता कटन क्याण्डी बिक्री भइरहेका छन्।

विभागले भनेको छ अनुज्ञापत्र प्राप्त गरी लेवल लगाएका बाहेक खुल्ला रुपमा विक्री वितरण गरिएको कटन क्याण्डीको उपभोग नगर्न तथा नगराउन अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस !