प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराद्धारा निशुल्क स्वास्थ्य शिविर तथा कपडा वितरण सम्पन्र
काठमाडौँ । नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराको आयोजनामा निशुल्क स्वास्थ्य शिविर तथा न्यानो कपडा बितरण कार्यक्रम सम्पन भएको छ ।
अस्पताल सम्म पहुँच नपुगेका विपन्न परिवारका सदस्यहरूलाई निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराई स्वास्थ्य परामर्श समेत प्रदान गर्ने उद्धेश्यले उक्त स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरेको हो ।
तनहुँ जिल्लाकाे देबघाट गाउँपालिका वडा नम्बर ५ टाउनचोक स्थितमा रहेको देबघाट धर्मार्थ अस्पताल परिसरमा श्रीमती संघको आयोजनामा चितवन मेडिकल कलेजका बिशेषज्ञ डाक्टरहरू द्दारा नाक, कान, घाँटी, आँखा, मुटु, दम, दाँत, स्त्री रोग ईसिजि,युएसजि,हार्डजोर्नी र थेरापी सम्बन्धी निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन भएको छ ।
कार्यक्रममा संघले आश्रममा १ सय ९० थान न्यानो कपडा बितरण गरेको छ भने ४ सय ९० जनाको निशुल्क स्वास्थ्य परिक्षण गरी औषधि वितरण गरेको छ ।








