स्याङ्जामा करेन्ट लागेर एक जनाको मृत्यु
प्रकाशित मिति : 28 January, 2024 4:49 pm
काठमाडौँ । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर ८ काहुलेमा करेन्ट लागेर (आइतबार) आज एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता इन्द्रबहादुर रानाले करेन्ट लागेर स्थानीय ५० बर्षीया चन्द्रकुमारी सुनारको मृत्यु भएको जानकारी दिए ।
घाँस बोकेर घर फर्कने क्रममा घाँसले बिजुलीको पोलमा छुन गई उनलाई करेन्ट लागेर घटनास्थलमा मृत्यु भएको रानाले बताए ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार शव पोष्ट मार्टमको लागि जिल्ला अस्पताल स्याङ्जा पठाएको र थप अनुसन्धान कार्य भइरहेको छ ।








