२२ बैशाख २०८१, शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

प्रकाशित मिति :  16 February, 2024 8:00 am


काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बिहान ९ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको छ।

बिहीबारको केन्द्रीय समिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले पार्टीको नीति, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीति र महामन्त्री गगन थापाले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

आजको वैठकमा तीनवटा प्रस्तावमाथि आज थप छलफल हुने तथा पार्टीका केन्द्रीय सदस्यले नीति, साङ्गठनिक र समसामयिक राजनीतिक प्रस्तावमाथि सुझाव दिने जनाइएको छ।

शनिवार केन्द्रीय समिति बैठक वस्ने र सो वैठकले केन्द्रीय सदस्यको सुझावलाई समेट्ने गरी तीनवटै प्रस्ताव महासमिति बैठकका लागि अनुमोदन गर्ने तयारी भइरहेको नेपाली कांग्रेसले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !