२३ बैशाख २०८१, आइतबार

काँग्रेस महासमिति बैठक आज सकिँदै, २ बजेपछि समापन समारोह

प्रकाशित मिति :  22 February, 2024 7:13 am


काठमाडौँ। नेपाली कांग्रेसको महासमिति वैठक आज सकिँदैछ । ललितपुरको गोदावरीमा गत सोमवारदेखि सुरु भएको वैठकको आज (बिहीबार) २ बजेपछि समापन समारोह गरिने भएको हो।

महासमिति बैठकको तेस्रो दिन बुधवार नेताहरुले राखेका पाँच वटा प्रतिवेदनमाथि समूहगत छलफल भएको छ ।

बुधवार नेपाली काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले पत्रकार सम्मेलनमा मंगलवार प्रश्तुत भएका प्रतिवेदनमाथि महासमिति सदस्यहरुले समूह बनाएर छलफल गरेको बताए।

उनले महासमिति बैठकमा महासमिति सदस्यहरुले उपसभापति पूर्णबहादुर खड्काको नीति, महामन्त्री गगन थापाको सांगठानिक प्रश्ताव, डा। प्रकाशशरण महतको वर्तमान अर्थतन्त्र भावी सम्भावना कार्यदिशा प्रश्ताव र लेखा समिति संयोजक श्याम घिमिरेको लेखा प्रतिवेदनका विषयमा समूहगत छलफल भएको जानकारी गराए।

नेता विश्वकर्माले देशभरबाट आएका महासमिति सदस्यहरुले प्रतिवेदनमा आफ्नो विचार राखेको जानकारी दिए। गोदावरी हलमा ११० जना, विशंखुनारायण हलमा ९५ जना र अर्को हलमा ९० जना सदस्यहरुले सुझाव दिएको बताए।

महासमिति सदस्यहरुले नेपाली काँग्रेसले प्रभावकारी भुमिका खेल्नुपर्ने, पार्टीको विधान पालना गर्नुपर्ने, प्रदेश संरचनालाई बलियो बनाउन अधिकार दिनुपर्ने,गणतन्त्रमाथि देखिएका खतरालाई रोक्न नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने,पार्टी संगठनलाई सक्रिय बनाउनुपर्ने,भ्रातृ तथा शुभेछुक संस्थाहरुलाई पूर्णता दिनुपर्ने धारणा राखेको उनले जनाए।

विश्वकर्माले सामाजिक न्यायका लागि नेपाली काँग्रेसलाई सामाजिक आन्दोलनसँग जोड्नुपर्ने,आधुनिक कृषि प्रणालीसँग जोड्नुपर्ने,पूर्वाधार निर्माणमा जोड दिन आवश्यक रहेको बताएको पनि जानकारी गराए।

उनकाअनुसार महासमिति सदस्यहरुले आर्थिक स्रोतको सदुपयोग गर्ने विदेशी सहयोग भित्र्याउनुपर्ने, युवा पलायनलाई रोक्न रोजगारी सिर्जना गर्नुपर्ने, उद्योग कलकारखाना स्थापनामा जोड दिनुपर्ने आवाज उठेको छ।

उनले भने, “सदस्यहरुले सामाजिक न्यायका लागि नेपाली काँग्रेसलाई सामाजिक आन्दोलनसँग जोड्नुपर्ने,आधुनिक कृषि प्रणालीसँग जोड्नुपर्ने,पूर्वाधार निर्माणमा जोड,आर्थिक स्रोतको सदुपयोग गर्ने विदेशी सहयोग भित्र्याउनुपर्ने, युवा पलायनलाई रोक्न रोजगारी सिर्जना गर्नुपर्ने,उद्योग कलकारखाना स्थापनामा जोड दिनुपर्ने, सरकार र पार्टीबीचको समन्वय बढाउनु पर्ने, जलवायु परिर्वतनको बिरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने, क्रियाशिल सदस्यलाई पारदर्शी बनाउनु पर्ने लगायतका विषयमा जोड दिनुभएको छ ।“

बुधवार बन्दसत्रमा धारणा राख्न नपाएका महासमिति सदस्यहरुले बिहिबार धारणा राख्ने गरी बिहीवार बिहान ८ः३० बजे देखि सबै महासमिति सदस्यहरु एउटै हलमा रहने कार्यक्रम छ।

आजको वैठकमा सातै प्रदेशमा सभापतिहरुले समूहबाट निस्केको निषर्क राख्नु राख्ने कार्यक्रम छ ।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !