२२ बैशाख २०८१, शनिबार

नवनियुक्त उपकुलपति बरालको नजरमा यस्ता छन्, विश्वविद्यालयमा विद्यार्थीको आकर्षण घट्नुका कारण

प्रकाशित मिति :  24 February, 2024 8:13 am


काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. केशरजंग बरालले विश्वविद्यालयमा विद्यार्थीको आकर्षण घट्दै जानुका प्रमुख कारण एकेडेमिक क्यालेण्डर सही तरिकाले नबनाउनु रहेको बताएका छन्।

शुक्रवार उपकुलपतिको पदभार ग्रहण गर्दै उहाँले उनले विश्वविद्यालयमा विद्यार्थीको आकर्षण घट्दै जानुका तीन कारण पहिल्याएका हुन्।

उनले देखेका कारणमा एकेडेमिक क्यालेण्डर सही तरिकाले बनाउन नसक्नु, क्यालेण्डरको कार्यान्वयन सही समयमा हुन नसक्नु, परीक्षाफल समयमा गर्न नसक्नु र पाठ्यक्रमलाई श्रम बजारको आवश्यकताअनुसार अद्यावधिक गर्न नसक्नु रहेका छन् ।

पदभार ग्रहण गरेपछि बोल्दै बरालले यी तीन कारणले विद्यार्थीमा प्रत्यक्ष असर परेको दाबी गर। विश्वविद्यालयका शिक्षक र कर्मचारीको भव्य स्वागत विश्वविद्यालय ऐन र नियमअनुसार विश्वविद्यालय सञ्चालन गर्नका लागि सहयोग गरे मात्रै सार्थक सुझाए।

उनले भने, “मेरो भव्य स्वागत गर्नुभयो । त्यो स्वागतको सार्थकता त्यति बेला हुन्छ जुन बेला विश्वविद्यालयका शिक्षक, कर्मचारीहरुले विश्वविद्यालय ऐन र नियमअनुसार विश्वविद्यालय सञ्चालन गर्नका लागि सहयोग गर्नुहुनेछ । विश्वविद्यालयको ऐन र नियमअनुसार सञ्चालन गर्न नदिए अहिलेको स्वागत निरर्थक हुनेछ ।”

बराल बिहीवार त्रिभूवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका हुन्।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !