२२ बैशाख २०८१, शनिबार

थ्रीकम इन्टरनेशनल स्कुलले मनायो आठौँ वार्षिक उत्सव

प्रकाशित मिति :  24 February, 2024 8:24 pm


बरहथवा, सर्लाही। बरहथवा नगरपालिकास्थित थ्रीकम इन्टरनेशनल स्कुलको ८ औ वार्षिक उत्सव, अभिभावक दिवस तथा ग्राजुएसन समारोह सम्पन्न गरेको छ।

कार्यक्रममा बोल्दै वक्ताहरुले शिक्षा मानिसलाई सही बाटो देखाउने एउटा मार्ग रहेको चर्चा गर्दै शिक्षा हासिल गर्न उमेर, जात, लिङ्ग, धर्मले छेक्न नसक्ने बताए ।

विद्यालयको वार्षिक उत्सव तथा अभिभावक दिवसको शुभकामना दिदै विद्यालयले गरेको लगानी भौतिक पुर्वाधार, शिक्षक प्रशिक्षण र व्यवहारमा आधारित अध्ययनको सरोकारवालाले प्रशंसा गरे।

प्रमुख अतिथि रहनु भएका रामबाबु साहले सम्पुर्ण विद्यार्थि तथा शिक्षकहरुलाई आगामी दिनमा कुनै असहज वातावरण नहोस भन्दै विद्यालयको स्तर उन्नतीका लागि सबै अभिभावकहरु एक भएर लाग्नु पर्ने बताए।

कार्यक्रमका सभाध्यक्ष संजय जयसवालले विद्यालयको भौतिक संरचना तथा विद्यार्थी र शिक्षकको अवस्था हेरी विकास निर्माणमा तिव्र गति लिएको बताउदै आगामी दिनमा पनि कुनै समस्या नहुने बताए।

कार्यक्रममा विभिन्न किसीमका सांगीतिक प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा शिक्षक,विधार्थी,पत्रकार, परोपकारी, अभिभावक लगाएत स्थानीय बासीको उपस्थित रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !