२६ बैशाख २०८१, बुधबार

दुबै सदनको वैठक बस्दै

प्रकाशित मिति :  26 February, 2024 7:53 am


काठमाडौँ। सोमवार राष्ट्रिय सभा र प्रतिनिधीसभाको दुबै सदनको वैठक बस्दैछ ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक ११ बजेर १ मिनेटमा बोलाइएको छ।

प्रतिनिधीसभामा अर्थिक वर्ष २०८१्०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी विधेयक, २०८०’ का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने र ‘विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गर्ने लगायतको कार्यसूची प्रतिनिधीसभा वैठकको छ।

राष्ट्रिय सभामा राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा (पार्वती)ले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्व को अवस्था अध्ययन प्रतिवेदन, २०८०’ पेश गर्ने लगायतको कार्यसूची छ।



प्रतिक्रिया दिनुहोस !