१४ बैशाख २०८१, शुक्रबार

खाद्य संकट हुन नदिन दाङको बंगलाचुली गाउँपालिकामा खाद्य बैँक,खाद्य सामग्री जुटाउन सुरु

प्रकाशित मिति :  1 April, 2020 7:45 pm


दाङ, १९ चैत ।

आफ्ना नागरिकलाई खाद्य संकट हुन नदिन दाङकाे बंगलाचुली गाउँपालिकाले खाद्य बैँक स्थापना गरि खाद्य सामाग्री सुरु गरेको छ ।

लकडाउनको अवधिमा बंगलाचुली गाउँपालिकामा खाद्य संकट हुन नदिनका लागि गाउँपालिकाले खाद्य बैँक स्थापना गरेको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले जानकारी दिए ।

गाउँपालिकाले स्थापना गरेको खाद्य बैँकमा सगरमाथा सिमेन्ट उद्योग, राष्ट्रिय युवा संघ नेपाल दाङलगाएतले खाद्य सामाग्री उपलब्ध गराएका छन् । सगरमाथा सिमेन्ट उद्योगले ३३ क्वयीन्टल ७५ किलाे चामल र २ क्वयीन्टल दाल उपलब्ध गराइसकेकाे छ भने १६ क्वीन्टल चामल,एक क्वयीन्टल नुन थप उपलब्ध गराउने भएको छ ।

राष्ट्रिय युवा संघ नेपाल दाङले पनि बंगलाचुली गाउँपालिकालाई खाद्य सामाग्री उपलब्ध गराएको छ । युवा संघले जिल्ला प्रशासन कार्यालय दाङमा एक कार्यक्रमको आयोजना गरी प्रमुख जिल्ला अधिकारीमार्फत् बंगलाचुली गाउँपालिकालाई खाद्य सामग्री हस्तान्तरण गरेको हो । संघले ४७ बोरा चामल,१ बोरा दाल,२ बोरा सोयाविन,४ पेटि तेल,२ बोरा नुन बंगलाचुली गाउँपालिकाको खाद्य बैँकलाई उपलब्ध गराएको छ ।
यसैगरी बंगलाचुली गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरुले पनि गाउँपालिकालाई सहयोग गरेका छन् ।

गाउँपालिकालाई प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले २० हजार,आर्थिक प्रशासन प्रमुख नारायण प्रसाद आचार्यले १० हजार,अधिकृत छैठौँ गोपाल के.सीले १० हजार,ईन्जिनियर विकेश न्यौपानेले १० हजार ,सव ईन्जिनियर शक्ति जि.सी.ले ५ हजार, खापासटे पाँचौ भरत डाँगीले ५ हजार,खापासटे चौँथो ऋषिकेष क्षेत्रीले ५ हजार, सहयोग गर्नु भएको छ । गाउँपालिकालाई सहयोग गर्न चाहाने अन्य कर्मचारीहरुले समेत सहयोग गर्न सकिने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत वलीले जानकारी दिए ।

गाउँपालिकालाई नव सृजनशिल निर्माण सेवा प्रा.लिका रवी गौतमले ५० हजार र , तिरुपाते निर्माण सेवा जे.भी.का प्रविन भण्डारीले २५ हजार, डाक्टर जनार्दन पन्थीद्वारा ५ पीपीइ सेट सहयोग गर्नु भएको छ । यसैविच बंगलाचुली गाउँपालिकाको कार्यालयले विपद्को समयमा सबैलाई सहयोगको अपिल गरेको छ ।

आर्थिक सहयोग गर्न चाहानेहरुका लागि गाउँपालिकाले बंगलाचुली गाउँपालिका विपद् व्यवस्थापन कोषको नाममा खाता खोलिएको बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव वहादुर वलीले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत वलीले सिटसजन्स् बैंक ईन्टरनेस्नल लिमिटेड बंगलुचली शाखामा रहेको खाता नं. ०६७०१०००००३९०२०१ मा सहयोग रकम जम्मा गरिदिनु अनुरोध गरेका छन् । खाद्यान्न तथा अन्य सहयोग गर्न चाहानेहरुका लागि ९८४९१८१३७८,  ९८५७८३५२०९ र ९८५७८३५५५२ मा संपर्क गर्न समेत अपिल गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !