२५ बैशाख २०८१, मंगलबार

संघीय संसदको दुबै सदनको बैठक बस्दै, मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची

प्रकाशित मिति :  7 March, 2024 7:29 am


फाइल फाेटाे।

काठमाडौँ। बिहीबार संघीय संसद अन्तर्गत दुबै सदनको वैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने दुबै वैठकमा राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ।

प्रतिनिधिसभा ११ बजे बस्नेछ। महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।

राष्ट्रियसभा बैठक दिउँसो १ बजेर १७ मिनेटमा राष्ट्रियसभाको वैठक बस्दैछ। प्रधामन्त्री पुष्पकमल दाहालले लोकसेवा आयोगको ६४ औं प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।

सत्ता गठबन्धन परिवर्तन भइँरहँदा यसअघिको बैठक सूचना टाँसेर स्थगन गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !