४ जेष्ठ २०८१, शुक्रबार

धादिङको थाक्रेमा आगलागीमा परी दम्पतिको मृत्यु

प्रकाशित मिति :  2 May, 2024 10:04 am


सांकेतिक फाेटाे

काठमाडौँ । धादिङको थाक्रे गाउँपालिकाको एक घरमा आगलागी हुँदा घर भित्रै जलेर मृत्यु २ जनाको ज्यान गएको छ ।

बुधबार राति थाक्रे गाँउपालिका ५ पुरानडाडा घट्टे खोलास्थित तेज बहादुर लामाको घरमा आगोलागी हुँदा ७० वर्षीय तेज बहादुर लामा र उनकी श्रीमती ठुली लामाको घटनास्थलमै मृत्यु भएको हो ।

बुधबार राति साढे ११ बजे प्रहरीले आगलागीको खबर पाएपछि हाप्सेचौर अस्थायी प्रहरी पोष्टबाट प्रहरी टोली पुग्दा घर पूरै जलिरहेको र घरभित्र रहेका वृद्ध दम्पतीको मृत्यु भइसकेको थियो ।

विधुत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । घटना रातीको समयमा भएको र तत्काल खबर आउन ढिला हुदा उद्धार कार्यमा ढिलाई भइ बृद्ध दम्पतीको ज्यान गएको हुन सक्ने वताईएको छ ।

आगलागीबाट घरमा रहेको अन्न र लत्ता कपडा लगायत घर पुरै जलेर नष्ट भएको वडा अध्यक्ष सन्तबहादुर लामाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !