५ जेष्ठ २०८१, शनिबार

काठमाडौँका यी स्थानहरूमा आजदेखि विद्युत् लाइन अवरुद्ध हुने

प्रकाशित मिति :  5 May, 2024 10:40 am


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आजदेखि आगामी शुक्रबारसम्म काठमाडौँको विभिन्न स्थानमा विद्युत् लाइनअवरुद्ध हुने जानकारी दिएको छ ।

कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्न लागिएकोले विद्युत् सेवा प्रभावित हुने भएको हो ।

यी तीन केन्द्र अन्तर्गत विभिन्न स्थानहरूमा बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जानकारी दिएको छ ।

जस अनुसार वैशाख २३, २४ र २७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म जोरपाटी वितरण केन्द्रहरूमा विद्युत् लाइन अवरुद्ध हुनेछ । कुलेश्वर वितरण केन्द्रहरुमा २४ र २६ गते विद्युत् सेवा प्रभावित हुनेछ । त्यस्तै वैशाख २८ गते कीर्तिपुर वितरण केन्द्र विद्युत् लाइनअवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !