१२ श्रावण २०८१, शनिबार

रोल्पा बम विष्फोटका पीडित परिवारलाई एक लाख रुपैयाँ राहत दिने प्रदेश-५ सरकारको निर्णय

प्रकाशित मिति :  14 May, 2020 7:15 pm


रुपन्देही, १ जेठ ।

प्रदेश-५ सरकारले रोल्पामा बम विष्फोटमा ज्यान गुमाएका बालबालिकाका परिवारलाई एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

आज बसेको प्रदेश-५ मन्त्रिपरिषद् बैठकले गत बैशाख १८ गते रोल्पाको त्रिवेणी गाँउपालिकाको गैरीगाँउमा वेवारिसे बम विष्फोट हुँदा ज्यान गुमाएकाका परिवारलाई एक-एक लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस संयोजक शेरबहादुर केसीले जानकारी गराएका छन् ।

बम विष्फोटमा ४ बालबालिकाको मृत्यु भएको थियो । विष्फोटमा बाख्रा चराएर घर फर्किरहेका १५ बर्षीय नोखिराम डाँगी,१३ बर्षीय गौरव नेपाली,११ बर्षीया विमला के.सी र ५ बर्षीय विजय के.सी.को घटनास्थलमै ज्यान गएको थियो ।

     सम्बन्धित समाचार:

विष्फोटमा ज्यान गुमाएका बालबालिकालाई शहिद घोषणा गर्न कांग्रेस रोल्पाको माग

विष्फोटमा ज्यान गुमाएका बालबालिकालाई शहिद घोषणा गर्न कांग्रेस रोल्पाको माग

रोल्पाको गैरीगाँउमा बम विष्फोट,४ बालबालिकाको मृत्यु



प्रतिक्रिया दिनुहोस !