८ जेष्ठ २०७९, आइतबार

सांसद रोकाद्धारा काठमाण्डौंमा बसोवास गर्ने रुकुम पूर्वका विपन्न परिवारलाई खाद्यान्न वितरण

प्रकाशित मिति :  16 May, 2020 6:28 pm


 

 

काठमाण्डौं, ३ जेठ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य कमला रोकाले रुकुम पूर्वबाट काठमाण्डौं आएर बसोबास गर्ने ६० परिवारलाई खाद्यान्न समाग्री वितरण गरेकी छन् ।

काठमाडौंको कीर्तिपुर भत्केपाटी विष्ट गाउँमा बस्ने ६० विपन्न परिवारलाई आज दैनिक उपभोग्य खाद्यान्न सामाग्री उपलब्ध गराएकी हुन् ।
कोरोना महामारीको जोखिम न्यूनिकरण गर्न सरकारले लकडाउन घोषणा गरेसंगै दैनिकी चलाउन गार्हो परेका विपन्न परिवारलाई ३० केजी चामल प्रतिपरिवार उपलब्ध गराएको जानकारी दिईन् ।

राहत उपलब्ध गराउदै सांसद रोकाले जिल्लाबाट काठमाडौं आएर बस्ने र समस्यामा परेकालाई सहयोग गर्ने आफ्नो दायित्व भएको बताईन् । रोका रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्य हुन् ।

सांसद रोकाले भनिन्,‘ जिल्लाबाट विभिन्न कामका शिशिलामा राजधानीमा रहेका जनताका लागी भोकभोकै बस्नु पर्ने स्थिती आउन नदिन विशेष अभियान थलेकी छु ।’ रोकाले यसअघि पनि विपन्न ५ परिवारलाई राहत उपलब्ध गराएकी थिइन् ।

         सम्बन्धित समाचार

संघीयताको मर्म र त्यसलाई कार्यान्वन गर्ने विषय सरकारको सिद्धान्त र प्राथमिकतामा आएन :सांसद रोका

सांसद रोकाद्धारा रुकुम पूर्वका स्थानीय तहलाई स्वास्थ्य सामाग्री वितरण

रुकुम पूर्वमा सांसद रोकाद्धारा सरोकार निकायसँग छलफल,कोरोनाबाट बच्न र सजकता अपनाउन आग्रह



प्रतिक्रिया दिनुहोस !