५ जेष्ठ २०८१, शनिबार

उपसभामुखको शर्त : सभामुख बनाउने भएमात्र राजीनामा

प्रकाशित मिति :  12 November, 2019 12:37 am


काठमाडौं, उपसभामुख शिवमाया तुम्बाहम्फेले नयाँ सभामुख चयनका लागि निकास दिन आफू तयार रहेको बताएकी छन् । तर सभामुख पद आफूले पाउनुपर्ने उनको शर्त छ । संसद सचिवालयकै एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख कृष्णवहादुर महराले राजीनामा दिएका थिए । अब संसद अधिवेशन आह्वान गर्ने समय हुन लाग्यो तर नयाँ सभामुख चयनको प्रक्रिया अगाडि बढ्न सकेको छैन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मंसिर १४ को उपचुनावलगत्तै सभामुख चयन प्रक्रिया अगाडि बढाउन चाहेको छ ।



प्रतिक्रिया दिनुहोस !