१२ श्रावण २०८१, शनिबार

एभीसी सेन्ट्रल जोन वुमन्स भलिबल नेपाल र बंगलादेशबीचको खेल आज

प्रकाशित मिति :  12 November, 2019 1:08 am


 बंगलादेशको ढाकामा जारी एभीसी सेन्ट्रल जोन वुमन्स भलिबल च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले आज घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दै छ ।

मिरपुरमा रहेको इन्डोर स्टेडियममा नेपाल र वंगलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजेदेखि शुरुहुने छ । स्वर्ण पदक जित्ने लक्ष्यका साथ नेपाली टिम बंगालदेश आएको हो ।

नेपालले अहिलेसम्म शतप्रतिशत नतिजा आत्मसाथ गरेको छ । पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको नेपालले दोस्रो खेलमा तुलनात्मकरुपमा बलियो मानिएको कीर्गिस्तानलाई पराजित गरेको हो ।

दुवै खेलमा नेपालले ३–० को सेटमा जीत निकाल्न सफल भयो । अब समूह चरणमा नेपालले घरेलु टोली बंगलादेशविरुद्ध पनि सहज जीतको खोजिमा रहने छ । नेपालले बुधबार लिग चरणको अन्तिम खेलमा बलियो प्रतिद्वन्दी माल्दीभ्ससँग खेल्ने छ ।

राउण्ड रोबिन लिगको शीर्ष दुई टिमले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने छन् । नेपालले एभीसी सेन्ट्रल जोनलाई काठमाडौंमा हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद सागको तयारीको रुपमा हेरेको छ ।



प्रतिक्रिया दिनुहोस !