३ चैत्र २०८१, सोमबार

एलओडीको वार्षिकोत्सवमा पहिलो दिन पुरनको गीतसँगै झुम्मिए दर्शक

प्रकाशित मिति :  9 February, 2025 6:05 am


काठमाडौँ । ठमेलस्थित एलओडी क्लबले आफ्नो छैठौँ वार्षिकोत्सव धूमधामका साथ मनाएको छ। क्लब स्थापना भएको ६ वर्ष पूरा भएसँगै क्लबले ६ दिनसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको उपस्थितिमा विशेष कार्यक्रमको आयोजना गरेको छ।

शनिवार साँझ वार्षिकोत्सवको पहिलो दिन पुर्न राई तथा दाजुभाइ, श्रीगो एण्ड द गेन, र लिसियस डिजेले प्रस्तुति दिएका थिए। क्लबका निर्देशक भूपेन कुँवरका अनुसार एलओडी क्लबले आफ्नै पहिचान बनाइसकेको छ, त्यसैले ६ वर्ष पूरा भएको अवसरमा ६ दिनसम्म उत्सव मनाइएको हो। उनले दर्शकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको जमघट गराएर फरक अनुभूति दिने उद्देश्य राखिएको बताए।

“रात्रीकालीन जीवनका पारखीहरू तथा विदेशी पर्यटकहरूलाई क्लबले झन् आकर्षित गराएको छ,” उनले भने,”हामीले क्लब स्थापना गरेसँगै राष्ट्रको नाम राख्न सफल भएका छौँ। विभिन्न मुलुकका कलाकार यहाँ प्रस्तुति दिन आउँछन्, जसका कारण अहिले क्लबकै नामबाट नेपाललाई चिन्ने गरेका छन्।”

वार्षिकोत्सव फागुन २८ देखि ९ गतेसम्म मनाइँदैछ। फागुन २८ गते कुमासागर एण्ड द ख्वापले प्रस्तुति दिनेछन् भने फागुन १, २, ८ र ९ गते क्रमशः समिर श्रेष्ठ (एफटी गुड ब्वाईज), दोङ, टप हन्ड्रेड डिजे क्यूब्रीक्स, कर्मा ब्यान्ड र कुटुम्बले प्रस्तुति दिनेछन्।

एलओडी क्लब ‘लर्ड अफ द ड्रिंक्स’ विश्वका उत्कृष्ट क्लबमध्ये ५० औँ स्थानमा पर्न सफल क्लब हो। केही समयअघि क्लब पुनः ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ। डिजे म्यागले प्रत्येक वर्ष विभिन्न मुलुकका उत्कृष्ट क्लबहरूको छनोट गर्ने गर्छ, जसमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबहरू सहभागी हुन्छन्।



प्रतिक्रिया दिनुहोस !