३ चैत्र २०८१, सोमबार

नेपाल औषधि थोक व्यवसायी संघ दाङकाे पद हस्तान्तरण

प्रकाशित मिति :  10 February, 2025 8:46 am


दाङ । नेपाल औषधि थोक व्यवसायी संघ दाङका पदाधिकारी तथा सदस्यहरुकाे पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएकाे छ ।

गत माघ १० गते सम्पन्न दोस्रो अधिवेशनबाट निर्विरोध निर्वाचित अध्यक्ष बिमल शर्मासहित पदाधिकारी तथा कार्यसमितिका सदस्यहरूको पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हाे।

संघका जिल्ला अध्यक्ष शेषकान्त ढकालको अध्यक्षतामा तथा लुम्बिनी प्रदेश अध्यक्ष तुफानबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा संघका लुम्बिनी प्रदेश उपाध्यक्ष दिपेन्द्र न्यौपानेले नव निर्वाचित समितिका अध्यक्षसहित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।

शपथ ग्रहण समारोहमा प्रमुख अतिथि तुफानबाबु श्रेष्ठले नव निर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालका लागि शुभकामना दिँदै संघलाई गतिशील बनाउन सबै थोक व्यवसायी एकजुट हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाल औषधि थोक व्यवसायी संघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष शालिकराम आचार्य र कोषाध्यक्ष रामप्रसाद पोख्रेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

साथै, निवर्तमान अध्यक्ष शेषकान्त ढकालले नव निर्वाचित अध्यक्ष बिमल शर्मालाई संस्थाको माइनेट बुक हस्तान्तरण गरेका थिए ।

संघका लुम्बिनी प्रदेश सचिव बिक्रम कुवरले स्वागत मन्तव्य दिएका थिए, भने कार्यक्रमको सहजीकरण महासचिव मरिचमान धितालले गरेका थिए।



प्रतिक्रिया दिनुहोस !