देशभर आंशिक बदली : केही स्थानमा हिमपातको सम्भावना
प्रकाशित मिति : 12 February, 2025 8:00 am
काठमाडौँ । देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
मध्य र पूर्वी तराईका केही भागमा हुस्सु लागेको छ, जसले जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पार्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।








