१८ बैशाख २०८१, मंगलबार

थप ३३४ जनामा कोरोना संक्रमित थपिए , संक्रमितकाे संख्या २६ सय ३४

प्रकाशित मिति :  4 June, 2020 5:05 pm


काठमाडौं, २२ जेठ । 

आज बिहीबार थप  ३३४ जनामा कोरोना नयाँ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेकाे छ ।   २४ घण्टामा मोरङका १, पर्साका १, झापाका ५, ताप्लेजुङका १, सुनसरीका १, सप्तरीका १३, बाराका १२, सिन्धुलीका १, रौतहटका ६५, म्याग्दीका १, बाग्लुङका १०, पर्वतका ४,स्याङ्जाका १, डोटीका ३, बाँकेका ४२, कपिलवस्तुका २९, दाङका १५, मुगुका १, दैलेखका ११३, खोटाङका ३, धनुषाका ६, महोत्तरीका ३, सर्लाहीका ३ गरी ३३४ कोरोना संक्रमित थपिएका थपिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस !