सरकारले शिक्षक महासंघसँग गरेका सम्झौताहरूको अवहेलना र अनादर गर्नु दुःखद्ः सांसद केसी

काठमाडाैँ । नेपाली काँग्रेसका अर्जुननरसिंह केसीले सरकारले नेपाल शिक्षक महासंघसँग पटक पटक गरेका सम्झौताहरूको अवहेलना र अनादर गर्नु दुःखद् र निन्दनीय भएको बताएका छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले सरकारले शिक्षक महासंघसँग गरिएका सम्झौताहरूको अवहेलना गर्ने गरेको आरोप लगाएका हुन् । राज्यले कसैलाई वचन दिएपछि इमानदार हुनुपर्ने उनको भनाइ छ ।
उनले महासंघसँग गरिएका सम्झौताहरु कार्यान्वयन गर्दै शिक्षकका समस्याहरू संवाद र वार्तामार्फत हल गर्न सरकारको ध्यानाकर्षण गराए ।
” लाखाैँ लाख शिक्षकहरूको प्रतिनिधित्व गर्ने नेपाल शिक्षक महासंघ अहिले आन्दोलनमा छ । सरकार निरन्तर रुपमा सम्झौता गर्ने र सम्झौता अवहेला गर्ने जुन प्रक्रिया छ । त्यो खेदजनक मात्र होइन निन्दनीय पनि हो । किनभने राज्यले कसैलाई वचन दिएपछि इमानदार हुनुपर्छ,” उनले भने । उनले विद्यालय शिक्षा ऐन छिटो पारित गरी शिक्षकहरुको एकीकरण गर्न समेत माग गरे ।