१२ चैत्र २०८१, बुधबार

नेपाल स्काउट शुद्धीकरण अभियानको आन्दोलन सुरू, खेलकुद मन्त्रीको राजीनामाको माग

प्रकाशित मिति :  12 March, 2025 7:53 pm


काठमाडौँ । खेलकुद मन्त्रीको राजीनामा, भ्रष्टाचारमा संलग्न भनिएका निर्देशक रामप्रसाद भट्टराईको छानबिन तथा संगठन सुधारको मागसहित नेपाल स्काउट शुद्धीकरण अभियानले मंगलबारदेखि आन्दोलन सुरू गरेको छ।

चार सूत्रीय माग अघि सार्दै अभियानको पहिलो चरण अन्तर्गत एक घण्टे मौनधर्ना कार्यक्रम आयोजना गरिएको हो। नेपाल स्काउटमा भइरहेका विकृति र विसंगतिहरूको विरुद्ध आवाज उठाउँदै पारदर्शिता र संस्थागत सुधारको माग गरिएको छ।

नेपाल स्काउट प्रगतिशील संघर्ष समितिका संयोजक पुण्यराम गोथे, शुद्धीकरण अभियानका संयोजक देवदूत अधिकारी, साथै राष्ट्रिय प्रशिक्षक, सहायक राष्ट्रिय प्रशिक्षक, वरिष्ठ स्काउटर तथा स्काउटरहरू धर्ना कार्यक्रममा सहभागी भएका थिए।

शुद्धीकरण अभियानले नेपाल स्काउटको आन्तरिक सुधार तथा सुदृढीकरण गर्ने उद्देश्यसहित आगामी चैत १ गतेदेखि चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको छ। अभियानका संयोजक तथा प्रगतिशील संघर्ष समितिका नेताहरूले सम्पूर्ण सरोकारवालाहरू एवं स्काउट प्रेमीहरूलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन्।



प्रतिक्रिया दिनुहोस !