७ बैशाख २०८१, शुक्रबार

बर्दियामा २८ र बाँकेमा १२ जना कोराना संक्रमित थपिए

प्रकाशित मिति :  6 June, 2020 1:46 pm


बाँके, २४ जेठ ।

बाँके र बर्दियामा थप ४० जना कोरोना संक्रमित भेटिएका छन् ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेमा १२ जना र बर्दियामा १२ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । अस्पतालले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बर्दियाको राजापुरका ५ जना, मधुवनका ४ जना, गुलरीयाका ११ जना, बढैयातालका ३ जना, बासगढीका ५ जना संक्रमित भएका छन् ।

त्यस्तै बाँकेमा खजुराका ८ जना, नेपालगञ्जका १ जना र बैजनाथका ३ जना रहेका छन् । आज विहान मात्रै गण्डकी प्रदेशमा १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

      सम्बन्धित समाचार

प्रदेश-५ मा तीन हजारजना कोरोना संक्रमित हुनसक्छन्ः मुख्यमन्त्री पोख्रेल



प्रतिक्रिया दिनुहोस !