२८ मंसिर २०८२, आइतबार

बैंकर कार्कीको आख्यान ‘इजाजतपत्र’ थुप्रै डटकमको सर्वाधिक बिक्री हुने १२ औँ पुस्तकमा

प्रकाशित मिति :  27 March, 2025 11:39 am


काठमाडौँ । यतिबेला नेपाल राष्ट्र बैंकका उपनिर्देशक सार्थक कार्कीको उपन्यास ‘इजाजतपत्र’ दिनानुदिन पाठकहरूको रोजाइमा पर्नेक्रम बढ्दो छ । केही समय अगाडि थुप्रै डटकममा सर्वाधिक बिक्री हुने २५० पुस्तकहरूमा समावेश उनकाे उपन्यासले साेहीक्रमलाई बढवा दिँदै १२ औँ स्थानमा उक्लिएको छ ।

गत असारमा सार्वजनिक भएको लेखक कार्कीकाे उपन्यास ‘इजाजतपत्र’ ३५ सयकाे हाराहारीमा रहेका कृतिहरू मध्येमा सर्वाधिक बिक्री हुनेमा १२ मा अटाउन सफल भएकाे हाे । जुन अनलाइन पुस्तक पसलमा ९ हजारभन्दा बढी नेपाली तथा विदेशी पुस्तकहरु उपलब्ध रहेका छन् ।

विगत १० वर्षदेखि नेपाल राष्ट्र बैंकमा कार्यरत रहेका कार्कीकाे ‘साग्रिला बुक्स’द्वारा प्रकाशित पहिलो कृति ‘इजाजतपत्र’ को अडियो संस्करण पनि ल्याइएको छ । पुस्तक हात नपरेका पाठकहरूका लागि ‘इजाजपत्र’ को अडियो संस्करण एम्बिसन गुरू एपमा उपलब्ध रहेकाे लेखक कार्कीले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !