२६ असार २०८२, बिहिबार

वंशको शासन फर्काउन कुचेष्टा गर्नेले ठूलो मूल्य चुकाउनुपर्छः अध्यक्ष नेपाल

प्रकाशित मिति :  28 March, 2025 4:31 pm


काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा वंशको शासन फर्काउन खोज्नेहरूले ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् ।

शुक्रवार काठमाडौँको भृकुटीमण्डपमा समाजवादी मोर्चाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले फेरि राजतन्त्र स्वीकार नगर्ने बताएका हुन् । २४० वर्षको शाह वंशको  शासन र १०४ वर्षको राणा शासनले नेपाली जनतालाई दास बनाएको भन्दै उनले अब नेपाली जनताले कसैको दासता स्वीकार नगर्ने बताए ।

अध्यक्ष नेपालले जनताको समस्याबाट आफूहरु चिन्तित भएको बताए । उनले पुँजीवादी व्यवस्था र सत्ता सञ्चालन गर्नेहरुको नालायकीपनका कारण जनताले दुःख पाएको बताए । उनले नेपाली जनताका समस्या समाधानका लागि समाजवादी व्यवस्था आवश्यक भएको बताए । उनले नेपाली विशेषतासहितको समाजवादी प्रणालीको खाका आफूहरुसँग भएको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस !