६ बैशाख २०८२, शनिबार

तनावग्रस्त प्रतिनिधि सभा : सत्तापक्षद्वारा ‘हिंसात्मक’ आन्दोलनकारी सांसदहरूलाई निष्कासनको माग

प्रकाशित मिति :  30 March, 2025 2:11 pm


काठमाडौँ । प्रतिनिधि सभाको आइतबारको बैठक विपक्षी दलका सांसदहरूले अवरुद्ध गरेपछि सत्तापक्षीय सांसदहरूले हिंसात्मक आन्दोलन गर्ने सांसदहरूलाई बैठकबाट निकाल्न सभामुख समक्ष माग गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई संकेत गर्दै सत्तापक्षीय सांसदहरूले हिंसात्मक आन्दोलनमा संलग्न ‘मण्डले’हरू बैठकभित्रै रहेको भन्दै उनीहरूलाई निष्कासन गर्नुपर्ने माग राखेका हुन् ।

यसअघि, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्ती को विषयमा प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षी सांसदहरूले सदन अवरुद्ध गरेका थिए ।

त्यसपछि सत्तापक्षीय एमाले र कांग्रेसका सांसदहरूले संसद् सञ्चालन गर्नुपर्ने भन्दै सदनमा ‘हिंसात्मक’ आन्दोलनको विषयमा बोल्न पाउनुपर्ने माग राखे ।

सत्तापक्षका सांसदहरूले “हत्या हिंसा गर्ने, आतङ्क मच्चाउने मण्डलेहरूले सांसदभित्र छन्, उनीहरूलाई निकालियोस्” भन्दै सभामुखलाई कारबाहीको माग गरेका थिए ।

प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् चल्न नदिने विपक्षीको अडानका कारण प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !