संसद अवरुद्ध गरेर प्रतिपक्षी संसद सञ्चालनको विरुद्धमा गयोः रामहरि खतिवडा
प्रकाशित मिति : 30 March, 2025 4:34 pm

काठमाडाैँ । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले देशमा संकट परेको बेलामा सबै दल मिलेर जानुपर्नेमा प्रमुख प्रतिपक्षका कारण संसद अवरुद्ध भएको बताएका छन् ।
आइतवार विपक्षीहरुको अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित भएपछि संसद भवन बाहिर पत्रकारहरूसँग कुरा गर्दै उनले देशमा समस्या परेको बेलमा सांसदहरुले एकतावद्ध भएर संसदमा आफ्नो कुरा राख्न पाउने प्रचलनविरुद्ध प्रतिपक्ष लागेको बताएका हुन् ।
सभामुखले आपतकालीन समय उपलब्ध गराउने भन्दा भन्दै प्रतिपक्षीहरूले संसद अवरुद्ध गरेको उनको भनाइ छ । उनले प्रधानमन्त्रीले सोमवार संसदमा जवाफ दिने भनेर सभामुखले जानकारी दिँदा पनि विपक्षीले संसद चल्न नदिएको बताए ।
सांसद खतिवडाले तीनकुने घटनाको प्रसंगमा संविधान मान्छु भनेर शपथ लिएर आउनेले संविधान समाप्त पार्ने खेल खेलेको आरोप लगाए ।