१ श्रावण २०८२, बिहिबार

राजावादीहरूले चैत्र १५ गतेको आन्दोलनबाटै आफ्नो चरित्र देखाएः गृहमन्त्री लेखक

प्रकाशित मिति :  30 March, 2025 5:42 pm


काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले राजावादीहरूले चैत्र १५ गतेको आन्दोलनबाटै आफ्नो चरित्र देखाएको बताएका छन् ।

आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजावादी वा राजाको शासन पुनः ल्याउँछौँ भन्नेहरूले राजाको शासन कस्तो हुन्छ भनेर चरित्र देखाइसकेको बताएका हुन् । उनले घरभित्र मानिस रहेको जानकारी हुँदाहुँदै पनि बाहिरबाट आगो लगाइएको बताए ।

उनले देशमा फेरि राजाको शासन ल्याउँछौँ भनेर जिउँदै मान्छेलाई घरमा आगो लगाएर पोल्ने चरित्र राजावादीहरुले देखाएको बताए ।

“राजावादी मानिसहरुले, यो देशमा फेरि राजाको शासन ल्याउँछौँ भन्ने मानिसहरुले राजाको शासन कस्तो हुन्छ भन्ने चरित्र देखाइसक्नुभएको छ । घरभित्र मानिस छन्, यो घरमा मानिस छन् भन्ने थाहा छ, तर घर बाहिरबाट आगो लगाइएको छ । के का लागि लगाइएको छ भन्दा हामी राजाका समर्थक हौँ, यो देशमा फेरि राजाको शासन ल्याउँछौँ भनेर जिउँदै मान्छेलाई घरमा आगो लगाएर पोल्ने काम भएको छ,” उनले भने ।



प्रतिक्रिया दिनुहोस !