२२ मंसिर २०८२, सोमबार

प्रमुख प्रतिपक्षीको मागमा दम र आधार छैनः सांसद पन्त

प्रकाशित मिति :  30 March, 2025 5:45 pm


काठमाडाैँ । नेकपा एमालेका सांसद रघुजी पन्तले वर्तमान संविधानको कार्यान्वयन र रक्षाका लागि आफ्नो पार्टी प्रतिवद्ध रहेको बताएका छन् ।

आइतवार संसद भवनबाहिर पत्रकारहरूसँग कुरा गर्दै उनले संसदमा सबैले बोल्न पाउने संवैधानिक हक भएको बताएका हुन् । उनले प्रतिपक्षले संसद अवरुद्ध गरेकाले तीनकुनेमा भएको घटनाबारे गृहमन्त्रीले संसदमा जवाफ दिन नपाएको बताए । उनले प्रतिपक्षले जे विषय उठाएर संसद अवरुद्ध गरेका छन् उक्त विषयमा दम र आधार नभएको आरोप लगाए ।

उनले पूर्वराजाको नेतृत्व र निर्देशनमा तीनकुने घटना भएको दाबी गर्दै त्यसबारेमा संसदमा छलफल गरेर प्रष्ट र साझा धारणा बनाउनुपर्नेमा जोड दिए । प्रधानमन्त्रीले संसदमा जवाफ दिन आउँछु भन्दा भन्दै विपक्षीले संसद अवरुद्ध गर्नु उचित नभएको उनको भनाइ छ ।

सांसद पन्तले प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ भन्ने प्रमुख प्रतिपक्षको माग संविधानसम्मत र प्रतिनिधि सभा नियमावली अनुरुप नभएको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस !