२६ असार २०८२, बिहिबार

राजतन्त्रले शिर उठाउन खोज्नु शमसानघाटबाट मुर्दालाई ब्युँताउने कोशिस गर्नुजस्तै होः उपपधानमन्त्री पौडेल

प्रकाशित मिति :  30 March, 2025 6:22 pm


काठमाडाैँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले राजतन्त्रले शिर उठाउनु शमसानघाटबाट मुर्दालाई ब्युँताउने कोशिस गर्नुभएको टिप्पणी गरेका छन् ।

आइतवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालमा फेरि राजतन्त्र कहिल्यै शासनसत्तामा आउन नसक्ने बताएका हुन् । राजतन्त्रले आफ्नो औचित्यमाथि प्रश्न खडा गरेका कारण नेपाली समाजबाट सदाका लागि विदा भएर गएको उनको भनाइ छ ।

उनले राजतन्त्रको विद्रुप अनुहार गत शुक्रवार सडकमा देखिएको टिप्पणी गरे । उक्त आन्दोलनले राजावादीहरु हिंसा, आतंक, लुटपाट र नागरिकको मौलिक हकको विरुद्धमा रहेको देखिएको बताए । उनले गणतन्त्रवादी दलहरुलाई जनताको बलमा स्थापितसंघीय लोकतान्त्रिक गणतन्त्र लाई बलियो बनाएर अघि बढ्ने अभिभारा रहेको बताए ।

दलहरूले जनताका आवश्यकता र आकंक्षाहरुलाई ठिक ढंगले सम्बोधन गर्दै सबै प्रकारका विभेद र असमानताहरुलाई समाप्त पार्नेगरी अगाडि बढ्न जरुरी रहेको समेत बताए ।



प्रतिक्रिया दिनुहोस !