फोहोरी राजनीतिको अङ्ग बन्न क्रियाशिल भएका होइनौँः महामन्त्री थापा

काठमाडाैँ ।नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले फोहोरी राजनीतिको अङ्ग बन्नका लागि आफूहरू अहिले क्रियाशिल नभएको बताएका छन् ।
मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आफूहरू फोहोर सफा गर्नका लागि पोखरीमा पसेको महामन्त्री थापाको भनाइ छ ।
फोहोर सफा गर्न पोखरीमा छिरेको हुनाले कहिले कहीँ बाहिरबाट हेर्दै गर्दा फोहोर नै देखिए पनि आफूहरू फोहोरमा मिसिन नभइ सफा गर्नका लागि गएको बताए अहिलेको सरकार नेपाली काँग्रेस सम्मिलित सरकार भएकाले सरकारको पर्फमेन्स बढाउन आफूले चाहेको जिकिर गरे ।
उनले गुड गभर्नेन्सको कुरामा सरकार नचुकोस् र सरकारप्रति खबरदारी गर्नेकुरामा पनि काँग्रेस सचेत रहेको बताए ।नागरिकको अवस्था बदलिने कुराको अवरोध नेतृत्व भएको जिकिर गर्नुभयो । सम्झाएर र बुझाएर नेतृत्वको शैली बदल्न नसके नेता बदल्नुपर्ने उनको भनाइ छ ।
महामन्त्री थापाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाभित्र नागरिकको अहिलेको अवस्था बदल्न नेताको शैलीमा सुधार गर्नुपर्ने बताए ।