२१ मंसिर २०८२, आइतबार

भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यकता छः वरिष्ठ उपाध्यक्ष पोखरेल

प्रकाशित मिति :  26 April, 2025 1:42 pm


काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

शनिवार ललितपुरमा मनमोहन अधिकारीको २६ औं स्मृति सभालाई सम्बोधन गर्दै उनले एकातिर दक्षिण—पूर्व—पश्चिम १८ सय किलोमिटर सीमा जोडिएको छिमेकी भारत र अर्कोतिर उत्तरमा १४ सय किलोमिटर सीमाना जोडिएको चीन रहेको बताएका हुन् ।

चीनसँगको सीमाना हिमालले पर्खाल सरह काम गरेको भएपनि भारतसँग खुला सीमाना रहेको बताए । भारतसँग विगतमा भएका सन्धी, सम्झौतहरु अद्यावधि हुन नसकेको बताए । रिष्ठ उपाध्यक्ष पोखरेलले नेपालले आफूलाई राष्ट्रिय स्वाधिनता, स्वाभिमानको लागि, अखण्डताको लागि कतिपय कुरामा गम्भीरताका साथ सोच्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

एमालेले आफ्ना अठोट, संकल्प, उद्देश्यमा समर्पित भएर लागि रहनुपर्ने जरुरी रहेको बताए । नेपालको राजनीतिमा अनेक ढंगले समस्इाहरू छन् भन्ने हिसावले चित्रण गर्ने र नेकपा एमालेलाई कमजोर देखाउने कोशिस भइरहेको बताए। उनले एमाले जहिले पनि प्रतिकुलतासँग जुध्दै अघि बढेको पार्टी भएको जिकिर गरे ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले मनमोहन अधिकारी नेपालका कम्युनिष्ट पार्टीहरु भन्दा पनि ज्येष्ठ कम्युनिष्ट भएको बताए । मनमोहन अधिकारी कम्युनिष्ट पार्टीहरुको अभिभावक भएको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस !