पार्टी एकता नहुँदै रेशम चौधरी पक्राउ, सिके राउतले गरे भर्त्सना

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । बुधबार (आज) जनमत पार्टी र नाउपाको पार्टी एकता हुँदै थियो । पार्टी एकताको घोषणाको लागि कार्यक्रम स्थल पुगेका चौधरीलाई प्रज्ञा परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएको हो । अहिले चौधरीलाई डिल्लीबजार स्थित कारागारमा लगिएको प्रहरीले जनाएको छ ।
उनलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी प्रज्ञा भवनमा पुगेका थिए । उनलाई के कारणले पक्राउ गरिएको भन्ने प्रहरीले खुलाएको छैन ।
टीकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए । संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ अनुसार उनी रिहा भएका थिए ।
नागरिक उन्मुक्ति पार्टी ९नाउपा० का संरक्षक रेशमलाल चौधरीलाई पक्राउ गरिएको प्रति जनमत पार्टीका अध्यक्ष सिके राउतले भर्त्सना गरेका छन् ।
आजै नाउपा र जनमत पार्टीबीच एकता घोषणा हुँदै थियो । तर, चौधरी पक्राउ गरेपछि घोषणा कार्यक्रम स्थगित गरिएको छ ।
सिके राउतले गरे भर्त्सना
प्रहरीले चौधरीलाई प्रक्राउ गरेपछि जनमत पाटीका अध्यक्ष सिके राउतले घोर भत्र्सना गरेका छन् । ‘पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै गर्दा श्री रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमा नै पक्राउ गरेर पुरानो फैसला कार्यान्वयन गर्नका लागि डिल्लीबजार जेल पठाएको खबर प्राप्त भएको छ । यसको हामी घोर भर्त्सना गर्दछौं’, राउतले सामाजिक सञ्जालमा लेखेका छन् ।