स्याङ्जाको अर्जनुचौपारीमा एक जना मृत अवस्थामा फेला, अनुसन्धान जारी
प्रकाशित मिति : 30 April, 2025 2:17 pm

काठमाडौँ । स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका वडा नम्बर १ स्थित माथिल्लो बजार नजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मृत भेटिने व्यक्ति ७० वर्षीय छबिलाल घर्ति क्षेत्री हुन्। उनी आफ्नो घरबाट अन्दाजी ६०० मिटर पूर्वतर्फ रहेको बाणिज्य बैंक चोकमा आज बिहान करिब ७ः१५ बजे मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घर्ति बिहान घरबाट हिँडेका थिए भने उनी प्रायः मादक पदार्थ सेवन गर्ने गरेको बुझिएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएको थियो। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक एवं निमित्त कार्यालय प्रमुख हरि प्रसाद पौडेलले जानकारी दिएका छन्।
मृतकको शव पोष्टमार्टमका लागि तयारी भइरहेको जनाइएको छ।