ललितपुर महानगरलाई नेपालको सिलिकन भ्याली बनाउँछौँः प्रमुख महर्जन
प्रकाशित मिति : 2 May, 2025 2:24 pm
काठमाडाैँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकालाई नेपालको सिलिकन भ्याली भ्याली बनाइने बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् । उनले ललितपुर महानगरपालिकालाई नेपालको सिलिकन भ्याली बनाउने काममा महानगर लागिपरेको बताए ।
उनले सबै मिलेर काम गर्दा कठिन नभएको बताए । आइटी क्षेत्रमा काम गर्नेहरुलाई ललितपुर महानगर रातो कार्पेट बिछ्याएर स्वागत गर्न तयार रहेको बताए ।
उनले शिक्षाको हबका रुपमा रहेको ललितपुर महानगरलाई सिलिकन भ्यालीका रुपमा अघि बढाइने प्रतिवद्धता जनाए ।








