२१ मंसिर २०८२, आइतबार

बेइमानीको खेती र इमानको हत्या गर्न प्रविधिको दुरुपयोग नहोस्ः प्रधानमन्त्री

प्रकाशित मिति :  2 May, 2025 2:31 pm


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्यको हत्या र असत्यको प्रवर्धनका लागि प्रविधिको प्रयोग गर्न नहुनेमा जोड दिएका छन् ।

शुक्रवार काठमाडौँमा आयोजित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सूचना प्रविधिको सही प्रयोगमा सजग रहनुपर्ने बताएका हुन् । उनले सूचना प्रविधिको क्षेत्रमा विशेष विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै सेवा प्रवाहलाई छिटो, छरितो र सुविधायुक्त बनाउन प्रविधिको भूमिका महत्वपूर्ण हुने बताए ।

उनले पछिल्लो समय बेइमानीको खेती गर्न र इमानको हत्या गर्न प्रविधिको दुरुपयोग भइरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले प्रविधिको विकाससँगै उत्पन्न हुने समस्याहरूको समाधान गर्दै मानव समाजलाई सुखी बनाउने दिशामा अगाडि बढ्न आवश्यक रहेको बताए ।

कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता उपकरणहरू दुरुपयोग भइरहेको उल्लेख गर्दै यसतर्फ सबै सचेत हुन आवश्यक रहेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !