नयाँ राष्ट्रिय सहकारी नीति जारी गरिने, बचतकर्ताको राहतका लागि कोष स्थापना गरिने
प्रकाशित मिति : 2 May, 2025 5:10 pm
काठमाडाैँ । सरकारले नयाँ राष्ट्रिय सहकारी नीति जारी गर्ने भएको छ ।
शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी गराएका हुन्। उनले समस्याग्रस्त सहकारीका साना वचतकर्ताका लागि सहकारी नियमन प्राधिकरणमार्फत कोष खडा गरिने बताए ।
उनले सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणालीको स्तरोन्नति गरिने बताए । उनले गरिबी निवारणमा सञ्चालित कार्यक्रमहरुलाई प्रभावकारी रुपमा सञ्चालन गरिने बताए । राष्ट्रपति पौडेलले समाजमा विपन्न परिवारलाई राज्यले दिने सेवासुविधामा पहुँच बढाउने सरकारको नीति रहेको बताए ।








