दलित समुदायको अधिकार तथा विकास सम्बन्धी प्रतिवेदन राष्ट्रिय सभाबाट पारित
प्रकाशित मिति : 4 May, 2025 2:11 pm
काठमाडौं । दलित समुदायको अधिकार तथा विकास सम्बन्धी प्रतिवेदन राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ ।
आइतबार राष्ट्रिय सभा बैठकमा ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानूनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन २०८१’माथि छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
यसअघि विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले उक्त प्रस्ताव पेश गरेकी थिइन् । उक्त प्रस्तावमाथि राष्ट्रिय सभामा छलफल जारी छ ।








