२० मंसिर २०८२, शनिबार

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रकाशित मिति :  4 May, 2025 2:32 pm


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत माइदा तोरुले आज शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विविध विषयका साथै आपसी सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको थियो ।

आगामी वर्ष दुुई देशबिचको कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठ मनाइने सन्दर्भमा पनि कुराकारी भएको थियो ।
भेटका अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थियाे ।



प्रतिक्रिया दिनुहोस !