२० मंसिर २०८२, शनिबार

स्थानीय श्रोत साधनको प्रयोग गरेर घर बनाऔँः उपप्रधानमन्त्री सिंह

प्रकाशित मिति :  5 May, 2025 12:26 pm


काठमाडाैँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले आयआर्जन गर्नसक्ने किसिमको बस्ती विकास गर्न जरुरी रहेको बताएका छन् ।

सोमवार काठमाडौंमा राष्ट्रिय आवास कम्पनी लिमिटेडको १७ औं वार्षिका साधारण सभामा उनले व्यवस्थित आवास बनाउँदा बनाउनको लागि मात्रै बनाउने नभइ आय आर्जन गर्नसक्ने किसिमको हुनुपर्ने बताएका हुन् ।

उनले आवासमा बस्नका लागि मात्रै अब मानिसहरु नजाने उल्लेख गरे । उपप्रधानमन्त्री सिंहले जग्गा विकासमा नेपालीहरुलाई न्युनतम रुपमा आवश्यक पर्ने जीवनउपयोगी, आयआर्जन गर्नसक्ने किसिमको बस्ती विकास अहिलेको आवश्यकता भएको बताए ।

आफू बसेको ठाउँबाट केही आय आर्जन गरेर आफ्नो परिवारलाई पाल्नसक्ने वातावरण तयार भएको खण्डमा नै व्यवस्थित बस्ती विकास हुने जिकिर गरे । सिमेन्ट, रडको प्रयोग नगरी स्थानीय श्रोत साधनको प्रयोगबाट वातावरणमैत्री भवनहरु निर्माण गर्दा फाइदा हुने उनको भनाइ छ । 

उपप्रधानमन्त्री सिंहले अब बस्ती विकास गर्दा समाजमा चाहिने न्युनतम आधारहरु राखेर जग्गा विकास गर्न जरुरी रहेको बताए । 



प्रतिक्रिया दिनुहोस !