२१ मंसिर २०८२, आइतबार

अनधिकृत पत्रको आधारमा रेशमलाल चौधरीलाई गरिएको गिरफ्तारीले विधिको शासनप्रति जनविश्वास गुम्योः सांसद खान

प्रकाशित मिति :  5 May, 2025 1:33 pm


काठमाडाैँ । जनमत पार्टीका सांसद अब्दुल खानले सर्वोच्च अदालतको अनधिकृत पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीलाई गरिएको भन्दै सरकारको निन्दा गरेका छन् ।

सोमवार बसेको प्रतिनिधि सभा बैठकमा आफ्ना कुराहरू राख्दै उनले सरकारको निन्दा गरेका हुन् । उनले गत वैशाख १७ गते नाउपा र जनमत पार्टीबीच एकीकरण हुन गइरहेको समयमा चौधरीलाई पक्राउ गरिएको भन्दै यसले मधेसी, थारु, मुस्लिम, आदिवासी, जनजातिको एकता र राजनीतिक समन्वयनमा गम्भीर असर परेको बताए ।

उनले राजनीतिक षड्यन्त्रको तरिकाले गरिएको गिरफ्तारी मधेसी, थारु, मुस्लिम एकता तोड्ने गरी गरिएको भन्दै आफूहरूको गम्भीर ध्यानाकर्षण भएको बताए।

उनले यस घटनाले हाम्रो देशको न्याय प्रणालीका साथै राजनीतिक प्रक्रियामा पारदर्शी र विश्वसनीयताको आवश्यकता नरहेको प्रस्ट देखिएको जिकिर गरे । सांसद खानले सर्वोच्चको अनधिकृत पत्रको आधारमा गरिएको चौधरीको गिरफ्तारीले विधिको शासनमा जनविश्वास गुमेको बताउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीहरूमाथि कारबाही गर्न माग गरे ।  

उनले वर्तमान सरकार अङ्क गणितले बलियो देखिए पनि जनताको जबाफदेहितामा बलियो सरकार बन्न नसकेको टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस !