२० मंसिर २०८२, शनिबार

सांसदका प्रश्नहरूप्रति गम्भीर हुन सरकारलाई सभामुखको रुलिङ, नागरिक उन्मुक्ति र जनमत पार्टीद्वारा बैठक अवरोध

प्रकाशित मिति :  6 May, 2025 12:03 pm


काठमाडाैँ । सभामुख देवराज घिमिरेले सांसदहरूले संसदमा उठाएका प्रश्नहरूको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा सांसदहरुले सरकार सांसदहरूका प्रश्नको जवाफबाट भागेको भन्दै रुलिङको माग गरेका थिए ।

बैठकमा शुन्य समय सकिसकेपछि नागरिक उन्मुक्ति र जनमत पार्टीका सांसदहरु सभामा उठेर बिरोध जनाएका थिए । बिरोधपछि सभामुख घिमिरेले सरकारको प्रतिनिधि नभइ संसद अघि बढ्न नसक्ने र सरकारलाई जवाफदेही हुन रुलिङ गरे । तर संसदमा नागरिक उन्मुक्ति र जनमत पार्टीका सांसदहरुल उठेर बिरोध जनाइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !