२१ मंसिर २०८२, आइतबार

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

प्रकाशित मिति :  7 May, 2025 7:54 am



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सम्पूर्ण सञ्चारकर्मीलाई शुभकामना व्यक्त गरेका छन्।

सोमवार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले पत्रकार तथा पत्रकारितासँग सम्बन्धित सबैप्रति सम्मान प्रकट गरेका हुन् ।

उनले पुस्तकालयमा गोरखापत्र पढिरहेको आफ्नो तस्बिर पोष्ट गर्दै लेखेका छन्, “आज गोरखापत्र स्थापना दिवस । विक्रम संवत् १९५८ साल वैशाख २४ गते गोरखापत्र स्थापना भएको थियो । आजको दिनलाई हामीले राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाउने गरेका छौँ । सम्पूर्ण पत्रकार र पत्रकारितासँग सम्बन्धित सबैलाई हार्दिक शुभकामना।”

प्रधानमन्त्री ओलीको सन्देशले गोरखापत्रको ऐतिहासिक योगदानलाई स्मरण गर्दै स्वतन्त्र, जिम्मेवार र मर्यादित पत्रकारिताको प्रवर्द्धनमा सञ्चारकर्मीको भूमिकाको प्रशंसा गरिएको छ ।

गोरखापत्रको प्रकाशन प्रारम्भ भएको दिनको सन्दर्भमा नेपालमा हरेक वर्ष वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस !