शौचालयमा लडेर घाइते प्रचण्ड सामान्य उपचारपछि फर्किए नियमित काममा
प्रकाशित मिति : 7 May, 2025 10:20 am
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शौचालयमा लडेर घाइते भएका छन् । खुमलटारस्थित निवासमा गएराति बाथरुममा लडेर उनी सामान्य घाइते भएका हुन्।
घाइते भएपछि राति नै उपचारका लागि उनलाई मेडिसिटी अस्पतालमा लगिएको थियो। सामान्य उपचारपछि रातिनै घर फर्किएका प्रचण्ड अहिले नियमित काममा रहेको उनकी छोरी गंगा दाहालले बताएकी छन् ।
उनका अनुसार प्रचण्डको अवस्थामा सामान्य रहेको छ ।








