२० मंसिर २०८२, शनिबार

जनताले काम खोजेका छन्, भागबण्डा होइनः सांसद डाँगी

प्रकाशित मिति :  7 May, 2025 12:51 pm


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले मेरिटोक्रेसीको सिद्धान्तअनुसार नियुक्ति गर्नुपर्ने नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकारले लामो समय खर्च गरेको भन्दै आपत्ति जनाएकी छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद डाँगीले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकारले  ढिलाइ गरेको भन्दै आपत्ति जनाएकी हुन् । बर्खायाम सुरू भइसकेको र राजधानी जोड्ने सडकहरू असुरक्षित रहेको अवस्थामा सरकार जनसुरक्षा, पूर्वाधार र सेवा प्रवाहमा नभई पद बाँडफाँटमा अल्झिएको आरोप समेत लगाइन् ।

सरकालाई भागबण्डाको हावादारी कुरामा समय खर्च नगर्न उनको सुझाव छ । उनले जनताले भागबण्डाको सौदाबाजी नभई उल्लेख गरे ।

सरकारले भागबण्डा नमिलेका कारण गभर्नर नियुक्तिमा ढिलाई गरेको प्रतिपक्षीले आरोप लगाउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस !